
क्रेजी संवाददाता
पथरी । मोरङको पथरीशनिश्चरेमा नयाँ भेरियन्ट कोरोना (कोभिड १९) भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि हेल्प डेक्स स्थापना गरिएको छ ।
सोमबार राष्ट्रिय युवा संघ नेपाल पथरी शनिश्चरेद्वारा सो हेल्प डेक्स स्थापना गरिएको हो । विशेषतः कोभिडका विरामीहरुको लागि अवाश्यक स्वास्थ सामाग्री अक्सिजनको अभाव हुन नदिन अक्सिजनको व्यवस्थापनमा हरेक किसिमको पहलको थालनी गरिएको राष्ट्रिय युवा संघ पथरी शनिश्चरेका अध्यक्ष किसन राईले जानकारी दिए ।

हाललाई १० थान अक्सिजनको सिलिन्डरको व्यवस्थापन गरिएको छ । उक्त कार्यको व्यवस्थापन संगठनका केन्द्रीय उप–महासचिव बिजय डाँगी, केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष नविन पौडेल, केन्द्रीय सदस्य राजु तिम्सिना, केन्द्रीय सदस्यद्वय सन्जिव गिरी, भक्त राई लगायत रहेका छन् । सो कार्यक्रममा पथरी शनिश्चरे नगरपालिकाका उप–मेयर यमुना बिष्ट बास्तोलाको पनि उपस्थिति रहेको थियो ।

