ट्याक्टर चालकको मृत्यु - Crazysaptahik.com

ट्याक्टर चालकको मृत्यु

क्रेजी संवाददाता
विराटनगर । मोरङको ग्रामथानमा ट्याक्टरले च्यापेर आज बिहान चालकको मृत्यु भएको छ ।

ग्रामथान गाउँपालिका–४ स्थित लोहन्द्रा खोलाबाट बालुवा लोड गरेर ल्याउँदै गरेको को १ त ४९०२ नम्बरको ट्याक्टरले च्यापेर चालक मोरङको कटहरी गाउँपालिका–७ का ३५ वर्षीय दिलकुमार मुडियारीको मृत्यु भएको हो । उकालो कच्ची सडकमा लोड धेरै भएकाले ट्याक्टरले तान्ननसक्दा अगाडिको भाग उठेर चालकलाई च्यापेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए ।

राईका अनुसार ट्याक्टरको अगाडिको भागको इन्जिन उठेर च्याप्दा बिहानका राति १२ः३० बजेतिर चालक मुडियारी गम्भीर घाइते भएका थिए । उपचारका लागि विराटनगरको कोसी अस्पताल ल्याउनसाथ चिकित्सकले मृत घोषित गरेको जानकारी राईले दिए । मृतक चालकको साथमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) फेला नपरेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाका बारेमा अनुसन्धान थालेको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.