पथरीशनिश्चरेमा जस्तापाता वितरण कार्यक्रम सुरु - Crazysaptahik.com

पथरीशनिश्चरेमा जस्तापाता वितरण कार्यक्रम सुरु

क्रेजी संवाददाता
पथरी । पथरी शनिश्चरे नगरका आर्थिक विपन्नका लागि सरकारले तय गरेको फुसको छानो हटाउने र जस्तापाता वितरण गर्ने कार्यक्रम सुरु भएको छ ।

यही क्रममा पथरीशनिश्चरे–१० का २२ विपन्न परिवारले आफ्ना लागि संघीय सरकार मार्फत् नगरमा आएको जस्तापाताको रकमबाट उनीहरुले वडाको समन्वयमा जस्तापाता खरिद गरेपछि वडा कार्यालयले घर घरसम्म पु¥याउने खर्च व्यवस्थापन गरिदिएको थियो ।

वडाध्यक्ष सागर थुलुङ राईको अगुवाईमा कार्यपालिका सदस्य मैनादेवी फूयल आचार्य, वडा सदस्य मनकुमारी विश्वकर्मा, अनोज घिमिरे, सव इन्जिनियर देवकृष्ण यादव सहितले स्वास्थ्य मापदण्ड पालना गर्दै आज जस्तापाता वितरणको अवस्थाको अनुगमन् गर्नुभयो । अहिले प्रति परिवार ३० हजार बराबरको रकमबाट जस्तापाता खरिद गरिएको हो । नगरमा, संघीय सरकारको खरको छाना हटाउने अभियान अन्तर्गत नगरमा २ करोड ३५ लाखको बजेटमा ४ सय ७१ घरलाई टिनको छानो लगाउने कार्यक्रम रहेको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.