यलम्बरको सालिक निर्माण कार्यको शिलान्यास - Crazysaptahik.com

यलम्बरको सालिक निर्माण कार्यको शिलान्यास

क्रेजी संवाददाता
पथरी ।मोरङको पथरी शनिश्चरे १ स्थित यलम्बर चोकमा किरात समुदायका प्रथम ऐतिहासिक राजा यलम्बरको सालिक निर्माण कार्यको शिलान्यास भएको छ ।

संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको १५ लाख ७२ हजार ९ सय २८ रुपैयाँ ४३ पैसा बराबरको बजेटमा निर्माण हुने सालिक निर्माणस्थलको १ नम्बर वडाध्यक्ष बाबुराम एङदेनले शिलान्यास गर्नू भएको हो ।

सालिकस्थलको जग राख्ने र पानीको फोहराको काम यो वर्ष हुने र अर्काे आर्थिक वर्षमा शालिकको काम अघि बढाउने योजना रहेको सालिक निर्माण समितिका सचिव खगेन पुलामीले जनाउनुभयो ।

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.