नगरपालिकाद्वारा वडागत सिलिङ बजेट निर्धारण - Crazysaptahik.com

नगरपालिकाद्वारा वडागत सिलिङ बजेट निर्धारण

क्रेजी संवाददाता
पथरी । पथरी शनिश्चरे नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि वडागत सिलिङ बजेट निर्धारण गरेको छ ।

नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षतामा बसेको कार्यपालिकाको विहिबारको बैठकले वडागत सिलिङ बजेट निर्धारण गरेको हो । १० वटा वडा रहेको नगरका लागि प्रति वडा ८७ लाख ५० हजारका दरले वडागत सिलिङ बजेट निर्धारण गरिएको नगर प्रवक्ता यामप्रसाद गुरागाईंले जनाउनु भयो । नगरसभा असार १० गते हुने पनि उहाँले उल्लेख गर्नुभयो । गत वर्षको वडागत सिलिङ बजेट ७५ लाख रहेको थियो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.