माई सेकेण्ड टिचरद्वारा क्रिकेट टिम र खेलाडीलाई पुरस्कार प्रदान - Crazysaptahik.com

माई सेकेण्ड टिचरद्वारा क्रिकेट टिम र खेलाडीलाई पुरस्कार प्रदान

राष्ट्रिय क्रिकेट टिमको जर्सी प्रायोजक माई सेकेण्ड टिमले क्रिकेट टिम र चार खेलाडीलाई नगद पुरस्कार हस्तान्तरण गरेको छ । गत वैशाखमा भएको टी २० त्रिदेशीय सिरिजको विजेता नेपाली टिम र चार डेब्युटान्ट खेलाडीलाई माई सेकेण्ड टिचरले बिहीबार एक कार्यक्रमका बीच नगद पुरस्कार हस्तानतरण गरेको हो ।

प्रोत्साहन र सम्मानस्वरुप नेपाली टिमलाई नगद ५ लाख र डेब्युटान्ट चार खेलाडीलाई १\१ लाख रुपैयाँको दरले नगद पुरस्कार दिएको हो । नेपाल, नेदरल्याण्ड्स र मलेसिया सम्मिलित सिरिजमा नेपालले नेदरल्याण्ड्सलाई फाइनलमा पराजित गर्दै उपाधि जितेको थियो ।

उक्त सिरिजमा डेब्यु गरेका चार खेलाडी कुशल भुर्तेल, आसिफ शेख, शाहब आलम र कमल सिंह ऐरीले नगद १\१ लाख प्राप्त गरे । प्रतियोगिताको फाइनल दौरान घोषणा गरिएको सो पुरस्कार निषेधाज्ञाका कारण ढिला गरी हस्तान्तरण गरिएको हो । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा भएको फाइनलमा नेपालले नेदरल्याण्ड्सलाई कीर्तिमानी १४२ रनले पराजित गर्दै उपाधि जितेको थियो ।

पुरस्कार ग्रहण कार्यक्रममा टिम कप्तान ज्ञानेन्द्र मल्लले नेपालको उत्कृष्ट प्रदर्शनमा खुसी व्यक्त गर्दै आउँदो दिनहरुमा पनि नेपालको प्रर्दशन विशिष्ट र सन्तोषजनक रहने दाबी गरेका थिए । यसरी सम्मान गर्दा खेलाडीलाई थप प्रेरणा मिल्छ ।

रिजल्टसंगै यस्तो मोटिभेसनमा युवा खेलाडीहरुलाई झन् प्रेरित गर्छ । यस्तै इन्नोभेट टेकका संस्थापक अध्यक्ष सुलभ बुढाथोकीले त्रिकोणात्मक सिरिजमा नेपालको उत्कृष्ट प्रर्दशन देख्दा निकै नै गर्व महसुस भएको बताए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.