
क्रेजी संवाददाता
पथरी । पथरी शनिश्चरे नगरका कक्षा ६ देखि १२ सम्म अध्ययनरत १९ सामुदायिक विद्यालयका छात्राहरुका लागि महिनावारीको समयमा प्रयोग गरिने ‘सेनिटरी प्याड’ वितरण भएको छ ।
स्थानीय तहस्तरीय सेनीटरी प्याड वितरण तथा व्यवस्थापन समिति संयोजक उपप्रमुख यमुना विष्ट वास्तोलाको अगुवाईमा शिक्षा शाखा प्रमुख उपसचिव शालिग्राम काफ्ले, शिक्षा अधिकृत नविन खुलाल बुढाथोकी सहितले विद्यालयहरुमा सेनिटरी प्याड वितरण गर्नुभएको हो ।
संघीय सरकारको बजेटमा समितिको असार १४ गतेको निर्णय अनुरुप १९ सामुदायिक विद्यालयका २ हजार ६ सय ७१ छात्राका लागि १३ लाख ४२ हजार ८४ रुपैयाँ बराबरको प्याड विद्यालयमा वितरण भएको शिक्षा शाखा प्रमुख काफ्लेले जनाउनुभयो ।

