पथरीशनिश्चरे १० मा बाख्रा वितरण - Crazysaptahik.com

पथरीशनिश्चरे १० मा बाख्रा वितरण

क्रेजी संवाददाता
पथरी । मोरङको पथरी शनिश्चरे नगर १० मा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना वाख्रा पकेट कार्यक्रम अन्तर्गत पछिल्लो पटक १८ वटा बोका वाख्रा वितरण भएको छ ।

नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको प्रमुख आतिथ्यतामा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, कार्यपालिका सदस्य मैनादेवी फूयल आचार्य, मैनाकुमारी राई लिम्बू, पशुपंक्षी शाखा प्रमुख हेमचन्द्र दहाल, इन्जिनियर सन्तोष केसी सहितको उपस्थितीमा स्थानीय अरुण बहुउद्धेश्यीय सहकारी संस्थामार्फत आफ्ना शेयर सदस्यका लागि एउटा विउ बोको र बोयर ५० प्रतिशत मिश्रित १७ वटा वाख्राका पाठी वितरण भएको हो ।

संस्थाका अध्यक्ष तेजराज कटुवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा घाँस, विउ र वाख्राका लागि औषधि समेत वितरण भएको थियो । परियोजनाको १५ लाख र सहकारीको ११ लाख ९० हजार गरी २६ लाख ९० हजारको बजेटमा कार्यक्रम सम्पन्न भएको हो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.