
ईस्वर दुलाल
पथरी । मोरङको पथरीशनिश्चरे–२ मा अवस्थित हरियाली सामुदायिक वन उपभोक्ता समूहमा फलफूलको विरुवा रोपण भएको छ ।
आज डिभिजन वन कार्यालय विराटनगरको प्रायोजनमा सव– डिभिजन वन कार्यालय पथरी र हरियाली सामुदायिक वन उपभोक्ता समूहको संयुक्त आयोजनना फलफूलको बिरुवा रोपण गरिएको हो ।

वन्यजन्तुको आहारको निमित्त अम्बा, आँप, हर्राे, बर्रो, जमुना, अमला, किम्बु, कटहर, लगायत घाँसका लागि इपिलको बिरुवा गरी जम्मा ६ सय विरुवा रोपिएको हो । हरियाली सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष काबुल बाहादुर मगर (बिकाश) र सव–डिभिजन कार्यालय पथरीका अधिकृत सुरेन्द्र कार्कीको हातबाट फलफुल रोपण सुरु भएको थियो । सो कार्यक्रममा कार्र्य समितिका पदाधिकारीहरु, टोला प्रमुखहरु, लेखा, सल्लाहकार र उपभोक्ताहरु उपस्थित थिए ।
नेपालकै प्रथम पुरस्कार प्राप्त गरिसकेको हरियाली सामुदायिक वनका अध्यक्ष काबुल बहादुर मगरले भने –‘जंगल जनावारको घर भएकाले वनमा रुख मात्र नभई वन्यजन्तुको आहाराको निमित्त फलफूलको विरुण रोपण गरिएको हो ।’

