एभरेष्ट प्रिमियर लिगलाई आइसीसीको मान्यता - Crazysaptahik.com

एभरेष्ट प्रिमियर लिगलाई आइसीसीको मान्यता

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले आगामी असोजमा हुने चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपीएल) क्रिकेटलाई मान्यता दिएको छ ।

आयोजक इपीएल प्रालिले विहीबार विज्ञप्ति जारी गर्दै इपीएललाई आइसीसीले मान्यता दिएको जनाएको छ । इपीएलको चौथो संस्करण असोज ९ देखि २३ गतेसम्म काठमाडौंमा सञ्चालन हुँदैछ ।

गतवर्ष चैत १ गतेदेखि १५ गतेसम्म मैदानमा हुने तय भएपनि कोरोना महामारीका कारण प्रतियोगिता स्थगित भएको थियो । नेपाल क्रिकेट संघ (क्यान)ले यसअघि नै इपीएल आयोजनाका लागि अनुमति दिइसकेकोछ ।

आइसीसीको मान्यता पाएपछि विदेशी खेलाडीको लागि पनि इपीएल खेल्ने बाटो खुलेको छ । यसअघि क्रिस गेल जस्ता टी२० का स्टार नेपाल आउने पक्का भएको थियो ।

तर तोकिएकै समयमा लिग नहुँदा नेपाली दर्शकले टीयू मैदानमा गेलको खेल हेर्न पाएनन् । यसअघि सन् २०१९ मा तेस्रो संस्करण आयोजना भएको थियो । जसमा ललितपुर प्याट्रिओट्सले उपाधि जितेको थियो ।

इपीएलमा साविक विजेता ललितपुरसँगै काठमाडौं किङ्स ११, विराटनगर वारियर्स, पोखरा राइनोज, चितवन टाइगर्स र भैरहवा ग्ल्याडियटर्सले प्रतिस्पर्धा गर्नेछन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.