कानेपोखरी गाउँपालिका सचिवमा अधिकारीको चर्चा - Crazysaptahik.com

कानेपोखरी गाउँपालिका सचिवमा अधिकारीको चर्चा

ईस्वर दुलाल
शनिश्चरे । नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशनको चर्चासँगै कानेपोखरी गाउँपालिकामा चुनावी सरगर्मी ह्वात्तै बढेको छ । अधिवशेनको मिति नजिकिँदै जाँदा आफ्नो नाम नेपाली कांग्रेस कानेपोखरी गाउँपालिका सचिवमा सुमन अधिकारीले दाबेदारी प्रस्तुत गरेका छन् । उनले आफ्नो उम्मेदवार साझा उम्मेदवार भएको बताउँछन् ।

आसन्न नेपाली कांग्रेसको चौधौ महाधिवेशनका लागि वडा, नगर, जिल्ला, प्रदेश र केन्द्रसम्मको नेतृत्वको आकांक्षीहरू प्रचारमा लागिरहेको अवस्था छ । चुनावी सरगर्मी बढेसँगै नेपाली कांग्रेस कानेपोखरी गाउँपालिकाको सचिवमा कानेपोखरी–६ का सक्रिय युवा सुमन अधिकारीको चर्चासँगै उम्मेद्वारी दिने बताएका छन् । हाल अधिकारी नेपाली कांग्रेस कानेपोखरी गाउँपालिका वडा नं. ६ वडा कमिटीका सचिब हुन् ।

गत निर्वाचनमा तरुण दल नेपाल कानेपोखरी गाउँपालिकाबाट चुनाव प्रचार प्रसार समिति सचिव समेत भइसकेका छन् । केही वर्ष यता कांगे्रसमा सक्रिय उनी विभिन्न सामाजिक कार्यमा अघि बढ्दै आइरहेका छन् ।

पार्टीको हितमा विभिन्न कामसँगै अनुभव गरिसकेका उनले पार्टीको १४ औं महाधिवेशनमा गाउँपालिकाको सचिवको उम्मेदवारी दिने बताए । उनले बेलिविस्तार लाए–‘म पार्टीमा गाउँपालिका सचिवको भूमिका कार्य सम्पादन कुशलतापूर्वक निर्वाह, सक्रियता बढाउन, संगठन विस्तार र दर्र्बिलो बनाउन सचिवमा उम्मेदवारी दिएको हो ।’ अहिले कांग्रेस पार्टी जति बलियो हुनुपर्ने हो त्यो हुन सकेको छैन, पार्टीमा गुठ–उपगुठ भएपनि आफू लामो समयदेखि नेपाली कांग्रेस पार्टीमा कटिबद्ध, तठष्ट रहिआएको बताए ।

अधिकारी नेपाली कांग्रेसको क्रियाशील सदस्य रहेको र समाज सेवा, खेलकूद, संघ–संस्था लगायत विभिन्न क्षेत्रमा सक्रिय रहेको उनी रमाईलो जेसीज वर्ष २०२० का अध्यक्ष पनि हुन् । उनी राजनीति शास्त्रमा स्नातक तहमा अध्ययन गर्दैछन् ।

    मेरो उमेद्वारी किन :
– पार्टीको संगठनात्मक र संरचनात्मक विकासलाइ सशक्त रूपले अघि बढाई पार्टीमा युवा नेतृत्वको लहर बढाउन ।
– युवामा रहेको राजनीतिक वितृष्णालाई अन्त्य गर्दै अबको राजनीतिमा युवाहरूलाई अभिप्रेरित गर्न ।
– स्थानीय स्तरबाटै भ्रष्टचार विरोधी अभियान संचालन गर्दै जनउत्तरदायी सरकारको निर्माण गर्न ,गराउन ।
– विकास निर्माणका गतिविधिहरूको सुष्म अध्ययन गर्दै यथा शिघ्र सम्पन्न गर्न खबरदारी गर्न
– पार्टी संगठनलाई रोडम्याप सहितको दिर्घकालीन व्यवस्थापन गरी पार्टी भित्र युवा नेतृत्वको जवाफ व्यवहारले दिन ।
– स्थानीय तहका सम्पूर्ण कार्यकर्ताहरूलाई पार्टीप्रति थप जिम्मेवार र उत्तरदायी बनाउन । लगायत ।

युवाहरुलाई राजनीतिमा होमिन उत्प्रेरित गर्ने नेताले अब राजनीतिमा युवालाई जिम्मेवारी दिनुपर्छ भन्ने उनको सोच रहेको छ । उनी क्रियाशील सदस्यहरुदेखि युवाहरुलाइ संगठित गर्न र कुनै पनि काम नविन तवरबाट सम्पन्न गर्न अधिकारी माहिर छन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.