पथरीशनिश्चरेमा तराजु हातमा लिएर युवा संघको विरोध - Crazysaptahik.com

पथरीशनिश्चरेमा तराजु हातमा लिएर युवा संघको विरोध

क्रेजी संवाददाता
पथरी । राष्ट्रिय युवा संघ नेपाल पथरी शनिश्चरे नगर कमिटीले सार्वजनिक भएको न्यायालयको फैसालाका विरूद्धमा पथरीको लोकतान्त्रिक चौकमा बृहत् सांकेतिक विरोध प्रदर्शन सम्पन्न गरेको छ ।

सोमबार साँझ भएको कार्यक्रम मार्फत प्रधान न्यायधिशसहित अन्तिम इजलास कक्षमा उपस्थित सर्वोच्च अदालतका ५ जना न्यायधिशको प्रतिबिम्बको झल्को दिनेगरी तयार गरिएका युवा नेताले हातमा गम्भीर सन्तुलन बिग्रिएको तराजु लिएर न्यायालयप्रति कडा व्यङ्बाण प्रहार गरेको बताइएको छ ।

राष्ट्रिय युवा संघ पथरी शनिश्चरेका अध्यक्ष किशन राईको अध्यक्षता र रञ्जीतकुमार कार्कीको सञ्चालनमा सम्पन्न कार्यक्रमलाई प्रमुख अतिथिका रूपमा उपस्थित पार्टीका युवा नेता युवराज बास्कोटा र अतिथिद्वय युवा संघका राष्ट्रिय उपमहासचिव विजय डाँगी र नगर उपप्रमुख यमुना बिष्टले सारगर्भित सम्बोधन गरेका थिए ।

कार्यक्रममा युवा नेता बास्कोटा, युवा उपमहासचिव विजय डाँगी, पथरी शनिश्चरेका उपप्रमुख यमुना बिष्टले आफ्ना कुरा राखेका थिए । कार्यक्रममा एमाले जिल्ला कमिटी सदस्य जीवन खतिवडा, भगतचन्द्र थपलिया, भीमकुमार राईं, युवा नेताहरू भूपाल श्रेष्ठ, मणिकुमार लिम्बु, नवीनजंग कार्की, बिरोज मगर, अनोज घिमिरे, काशीहाङ राईं, पर्शुराम न्यौपाने, कपिल ढकाल, रोमान्सी धिमाल, गौतम राईं, उपेन्द्र मादेनलगायत सयौं जोशिला युवाहरूको सहभागिता रहेको थियो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.