नगर अस्पतालको भवन हस्तान्तरण - Crazysaptahik.com

नगर अस्पतालको भवन हस्तान्तरण

क्रेजी संवाददाता
पथरी । शरणार्थी सम्बन्धी राष्ट्रसंघीय उच्चायोग (युएनएचसीआर) मार्फत् लुथरन विश्व फेडेरेशनले निर्माण गरेको मोरङको पथरीशनिश्चरे नगर अस्पतालको भवन सोमबार हस्तान्तरण भएको छ ।

युएनएचसीआर प्रतिनिधि विष्ण्ुा थापा, लुथरनका लिलबहादुर कार्की सहितले नगर प्रमुख दिलीपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला, सामाजिक विकास समिति संयोजक कपिलमणि ढकाल, सदस्य भद्रमान विश्वकर्मा, अस्पतालका मेडिकल अफिसर डा. सावनकुमार मेहता, स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य सहितलाई भवन हस्तान्तरण गर्नुभयो ।

नगरका तर्फबाट नगर प्रमुख राई, उपप्रमुख बास्तोला सहितले भूटानी शरणार्थी प्रभावित क्षेत्रका हिसावले युएनएचसीआरले पुर्याउँदै आएको विविध सहयोगप्रति आधार एवम् धन्यवाद व्यक्त गर्नुभयो । भवनमा नगरले कोरोना संक्रमितहरुका लागि आइसोलेसन वार्ड सञ्चालन गरिरहेको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.