दक्षिण अफ्रिकामाथि आयरलयाण्डको ऐतिहासिक जित - Crazysaptahik.com

दक्षिण अफ्रिकामाथि आयरलयाण्डको ऐतिहासिक जित

कप्तान एन्डी बेलब्रिनीले शानदार शतक बनाएको खेलमा आयरल्याण्डले एकदवसीय क्रिकेटमा दक्षिण अफ्रिकामाथि ऐतिहासिक जित हासिल गरेको छ । तीन खेलको सिरिज अन्तर्गत दोस्रो एकदिवसीयमा दक्षिण अफ्रिकालाई ४३ रनले पराजित गर्दै आयरल्याण्डले सिरिजमा १–० को अग्रता लिएको छ ।

आयरल्याण्डले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमै दक्षिण अफ्रिकालाई पराजित गरेको यो पहिलो अवसर हो। डब्लिनस्थित द भिलेजमा भएको खेलमा आयरल्याण्डले दिएको २९१ रनको लक्ष्य पछ्याको दक्षिण अफ्रिकाले ४८.३ ओभरमा सबै विकेट गुमाएर २४७ रन मात्र बनाउन सक्यो।

दक्षिण अफ्रिकाको लागि ओपनर जानेमन मलानले सर्वाधिक ८४ रन बनाए । यस्तै रासी भान डर डुसेनले ४९ तथा डेभिड मिलरले २४ रन बनाए ।आयरल्याण्डका लागि बलिङमा मार्क अडीर, जोशुवा लिटल र एन्डी म्याकब्रायनले दुई–दुई विकेट लिए । क्रेग योङ, सिमि सिंह र जर्ज डकरेलले समान एक विकेट लिए ।

त्यस अघि टस हारेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर २९० रन बनाएको थियो। आयरल्याण्डको लागि कप्तान एन्डी बेलबिर्नीलेले शतक प्रहार गरे ।

ओपनिङ गरेका उनले करियरकै सातौँ शतक बनाउने क्रममा ११७ बल खेल्दै १० चौका र २ छक्का प्रहार गरे । यस्तै ह्यारी टेक्टरले ७९ र जर्ज डकरेलले ४५ रन जोडे । दक्षिण अफ्रिकाका लागि बलिङमा एन्डीले फेलुक्वायोले दुई तथा कागिसो रबाडा, केशव महाराज र ताब्रेज शाम्सीले समान १ विकेट लिए ।

आइसीसी क्रिकेट वर्ल्ड कप सुपर लिग अन्तर्गत भइरहेको सिरिजको पहिलो खेल वर्षाको कारण प्रभावित बनेको थियो । सिरिज अन्तर्गत तेश्रो तथा निर्णायक खेल आगामी शुक्रबार हुनेछ ।

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.