बिग बास लिग डिसेम्बर ५ देखि हुने - Crazysaptahik.com

बिग बास लिग डिसेम्बर ५ देखि हुने

अष्ट्रेलियन बिग बास लिग (बीबीएल) टी२० क्रिकेटको ११औं संस्करण आगामी डिसेम्बरको पहिलो सातादेखि सुरु हुने भएको छ । क्रिकेट अष्ट्रेलियाले नयाँ सिजनको लागि सार्वजनिक गरेको खेलतालिका अनुसार बीबीएल डिसेम्बर ५ देखि सुरु हुनेछ ।

पहिलो खेलमा सिड्नी सिक्सर्स र मेलवर्न स्टार्स भिड्नेछन् । यस्तै फाइनल खेल २०२२ जनवरी २८ मा हुनेछ । यसअघि पछिल्लो तीन सिजन फेब्रुअरीसम्म लम्बिएको थियो । यसपटक जनवरीमै सकाउने गरी खेलतालिका बनाइएको छ । खेलहरु १४ वटा भेन्यूमा आयोजना हुनेछन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.