पथरीशनिश्चरेमा एन्टिबडी परीक्षण गरिने - Crazysaptahik.com

पथरीशनिश्चरेमा एन्टिबडी परीक्षण गरिने

क्रेजी संवाददाता
पथरी । मोरङको पथरी शनिश्चरे नगरवासीमा कोरोना विरुद्ध लड्ने शक्ति (एन्टिबडी) को अवस्था थाहा पाउन एन्टिबडी परीक्षण गरिने भएको छ ।

कोरोना संक्रमण भएर १५ दिन अघि निको भएका पथरी शनिश्चरे नगरबासीलाई आफ्नो शरीरमा कोरोना रोग विरुद्ध लड्ने शक्ति (एन्टिबडी) को अवस्था थाहापाउनका लागि भोली नगर अस्पतालमा एन्टिबडी परीक्षण कार्यक्रम सञ्चालन हुने भएको हो ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रदेश नम्बर १ को सहयोगमा पथरी नगर अस्पतालमा विहान १० बजेदेखि सोको परीक्षण गरिने भएकाले इच्छुकले सम्पर्क गर्न अनुरोध गरिएको नगर स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्यले बताउनुभयो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.