
क्रेजी संवाददाता
उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिकाले दुई पत्रकार सहित ३ कर्मचारीहरुलाई सम्मान गरेको छ ।
नगरपालिकाले हरेक गतिविधिलाई समाचारको माध्यमबाट स्थानीय सरकारको देश तथा विदेश सम्म समाचारको माध्यमबाट समाचार सम्प्रेषण गरी परिचित गराउन सहयोग पु¥याए वापत सम्मान स्वरुप पुरस्कृत गरेको हो ।
सम्मानित हुने पत्रकारहरुमा नेपाल पोर्टल अनलाईनका प्रधान सम्पादक नवराज भट्टराई र हिमशिखर टेलिभिजन उर्लाबारी समाचारदाता ज्योति शर्मालाई सम्मानित गरेको हो । नगरपालिकाले सातौं नगर सभाबाट प्रधान सम्पादक भट्टराई विकाश पत्रकारीता पुरस्कार २०७८ र शर्मालाई क्रियाशिल पत्रकारिता पुरस्कार २०७८ बाट सम्मानित गरेको हो । उनीहरुलाई जनही २५ र २० हजार नगद सहित सम्मानपत्रले सम्मानित गरेको हो । यस्तैगरी सोही सभामा उर्लाबारीको विकास र समृद्धिको लागि अहोरात्र कर्मचारीको रुपमा खटिने ३ जना कर्मचारीलाई पनि नगरपालिकाले सम्मान गरेको छ ।
सम्मानित हुनेहरुमा स्वास्थ्य संयोजक तोयानाथ घिमिरे, अधिकृत नगेन्द्रप्रसाद तिम्सिना र कार्यालय सहयोगि होमनाथ श्रेष्ठ रहेका छन् । उनिहरुलाई नगरपालिकाले नगद सहित सम्मान पत्रले सम्मानित गरेको हो । नगरपालिकाको सातौं नगरसभाले बुधबार पत्रकार तथा कर्मचारीर्लाई सम्मान गरेको हो । सो सम्मान कार्यक्रममा बोल्दै नगरप्रमुख फागोले समाचार सम्प्रेषणको माध्यम बाट स्थानिय सरकारलाई खवरदारी गर्दै रचनात्मक सहयोग पु¥याएकोमा सम्मानित व्यात्तित्वहरुको प्रशंसा गर्नुभयो ।
यस्तै कर्मचारी वर्गबाट पनि समृद्ध उर्लाबारीको यात्रामा सवै कर्मचारीले कडा मेहनतका साथ कार्यसम्पादनमा स्थानिय सरकारलाई सहयोग पु¥याएको भएता पनि सातौ नगरसभामा ३ जना कर्मचारीहरुलाई मात्र सम्मानित गरिएको बताउनु भयो । आगामी दिनमा उहाहरुको कामको उच्च कदर गर्दै सम्मानित गर्दै लैजाने समेत बताउनुभयो ।

