
क्रेजी संवाददाता
उर्लाबारी । उर्लाबारीमा स्थापित सञ्चार क्लब नेपालको १८ औं वार्षिक चुनाबी साधारणसभा साउन १६ गते शनिबार हुनेभएको छ ।
क्लबका अध्यक्ष सरोज बस्नेतको अध्यक्षतामा आज बसेको बैठकले सो निर्णय गरेको हो । पुरस्कार छनौटका लागि अध्यक्ष बस्नेत सहित पुरस्कारदातातर्फबाट जयधर्म आचार्य, दुर्गाप्रसाद खतिवडा, जगन्नाथ भट्टराई र घनश्याम भण्डारीलाई मनोनित गरिएको छ ।
यस्तै, निर्वाचन समितिमा जयधर्म आचार्य, केदार चौहान र रुपेन्द्र सेर्मालाई चयन गरिएको छ । उर्लाबारी वडा नं. २ का वडाध्यक्ष राजन कँडेल र उर्लाबारी उद्योग बाणिज्य संघलाई सम्मान गर्ने निर्णय भएको क्लबले जानकारी दिएको छ । १३ जना नयाँ सदस्यता थप गर्दै ५६ जना सदस्य कायम भएको बताइएको छ ।

