
क्रेजी संवाददाता
पथरी । पथरीशनिश्चरे नगरले नगरको वडा नम्बर ५ मा अवस्थित बक्राहा खोला पारी नाकाबन्दी सरह रहेको मौलीवारी क्षेत्रमा रहेका अपाङ्गता भएका व्यक्तिहरुको अवस्थाका बारेमा जानकारी लिएको छ ।
नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको अगुवाईमा कार्यपालिका सदस्य निर्मला गदाल, अपाङगता पुनस्र्थापना कार्यक्रमका सहजकर्ता थापा र वर्षा मण्डल सहितले घर घरमा पुगेर त्यस क्षेत्रका अपाङगता भएका ६ जना व्यक्तिलाई भेटी उनीहरुको अवस्थाका बारेमा जानकारी लिनु भएको हो । टोलीले अपाङगता परिचयपत्र, हालको उनीहरुको स्वास्थ्य अवस्था र पारिवारिक अवस्थाका बारेमा जानकारी लिइ समस्या परेमा त्यसको समाधान गर्न नगर साथसाथै रहेको जनाएको छ ।
टोलीले सुन्दरीचोकबाट मौरीवारी जोड्न निर्माणाधीन झोलुङ्गे पुलको पनि अनुगमन् गरेको छ । सो पुलका लागि पिल्लर तयार भएको छ । अब पुल लगाउने चरणमा पुगेको देखिएको छ ।

