छुरा प्रहारबाट एकको हत्या - Crazysaptahik.com

छुरा प्रहारबाट एकको हत्या

क्रेजी संवाददाता
उर्लाबारी । फुटबल खेल्दा भएको विवादलाई लिएर मोरङको उर्लाबारी नगरपालिका–८ राजघाटमा सोमबार एक जनाको हत्या भएको छ ।

छुरा प्रहार गरेर उर्लाबारी–८ का १७ वर्षीय अभिशेक चौधरीको हत्या गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार सोमबार दिउँसो भएको छुरा प्रहारबाट अभिशेष गम्भीर घाइते भएका थिए । ढाड लगायत शरीरका विभिन्न भागमा छुरा हानिएपछि गम्भीर घाइते भएका उनलाई उपचारका लागि पु¥याउन साथ झापाको बिर्तामोडमा अवस्थित बी एन्ड सी अस्पतालका चिकित्सकले मृत घोषित गरेको श्रेष्ठको भनाइ छ । उहाँका अनुसार स्थानीय भुरन चौधरीको घरमा बसिरहेका बेला छ÷सात जनाको समूहमा रहेका युवाहरुले अभिशेकमाथि एक्कासि छुरा हानेका हुन् ।

छुरा प्रहार र आक्रमणबाट अभिशेकसँगै रहेका २१ वर्षीय सुशन धामी पनि घाइते भएका छन् । छुरा प्रहारबाट सुशनको पनि शरीरका विभिन्न भागमा चोट लागेको डिएसपी श्रेष्ठको भनाइ छ । अवस्था मध्यम रहेका उनको उर्लाबारीकै अरनिको अस्पतालमा उपचार भइरहेको छ । घटनास्थलमा पुगेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक राजाराम खड्का नेतृत्वको टोलीले घटनामा संलग्न भएको आशंकामा दुई युवालाई नियन्त्रणमा लिएको छ । प्रहरीले १८ वर्षे निशान राई र पवन कार्कीलाई पक्राउ गरेर घटनाको अनुसन्धान थालेको छ ।

घटनामा संलग्न अरु युवाहरु फरार रहेका कारण खोजी भइरहेको जानकारी डिएसपी श्रेष्ठले दिए । उहाँका अनुसार युवाहरुबीच फुटबल खेल्ने क्रममा आइतबार विवाद एवं झगडा भएको खुलेको छ । विवाद त्यतिबेलै मिलाइएको भए पनि रिसइबी साँधेर बसेको समूहले भने भोलिपल्ट अर्को पक्षका किशोरको हत्या नै गरिदिएको श्रेष्ठको भनाइ छ । उहाँले घटनाका बारेमा गम्भीर ढंगले अनुसन्धान थालिएको जानकारी दिनुभयो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.