पथरीशनिश्चरे नगरमा वैकल्पिक विधिबाट पठनपाठन गराइने - Crazysaptahik.com

पथरीशनिश्चरे नगरमा वैकल्पिक विधिबाट पठनपाठन गराइने

क्रेजी संवाददाता
पथरी । कोरोना भाइरसको संक्रमणका कारण प्रत्यक्ष पठनपाठनमा समस्या भएपछि मोरङको पथरी शनिश्चरे नगरमा वैकल्पिक विधिबाट पठनपाठन गराउने विषयमा छलफल भएको छ ।

नगरका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको मंगलबारको वैठकले कोरोना संक्रमणका कारण भौतिक उपस्थितीमा पठनपाठन गर्न सम्भव नभएकाले सवै विद्यालयले कस्तो कस्तो वैकल्पिक विधिबाट पठनपाठन गर्न सहज हुन्छ, सोही अनुरुप पठनपाठन अघि बढाउने निर्णय भएको हो । केहि विद्यालयहरुले अनलाइनमार्फत पठनपाठन सञ्चालन गरेको र वाँकीले समेत उपयुक्त वैकल्पिक विधिबाट पठनपाठन थाल्न र नगर शिक्षा शाखामा सो को जानकारी गराउने निर्णय भएको शिक्षा अधिकृत नविन खुलाल बुढाथोकीले जनाउनुभयो ।

वैठकले, भदौ १५ गते भित्रमा विद्यालयहरुको तथ्याङक अद्यावधिक गर्ने इआइएमआइएसको नयाँ स्वरुपमा विद्यालयका आवश्यक सम्पूर्ण विवरण अपलोड गरिसक्नु पर्ने पनि निर्णय भएको उहाँले जानकारी गराउनु भयो । त्यसैगरी, विद्यालयहरुले वुझाउन वाँकी रहेको आफ्नो प्रगति विवरण भदौ मसान्तभित्र वुझाइसक्ने पनि वैठकले निर्णय गरेको छ । नगर शिक्षक महासंघका अध्यक्ष अर्जुनकुमार वुढाथोकीको अध्यक्षता तथा नगर शिक्षा शाखा प्रमुख शालिग्राम काफ्ले र सामाजिक विकास समितिका सदस्य भद्रमान विश्वकर्माको आतिथ्यतामा वैठक सम्पन्न भएको थियो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.