चेल्सी र टोटनहमले खेले बराबरी - Crazysaptahik.com

चेल्सी र टोटनहमले खेले बराबरी

प्रिसिजनअघिको मैत्रीपूर्ण खेलमा प्रिमियर लिगका दुई क्लब चेल्सी र टोटनहम हट्सपरले बराबरी खेलेका छन् । लण्डन क्लब बीचको भिडन्त २–२ गोलको बराबरी सकिएको हो ।

हाकिए जियचको दुई गोलमा चेल्सीले दुई गोलको अग्रता बनाएपनि कायम राख्न सकेन । घरेलु मैदान स्टानपोर्ड ब्रिजमा भएको खेलको १६औं र ४९औं मिनेटमा जिएचले गोल गरेपछि चेल्सीले २–० को अग्रता बनाएको थियो ।

तर त्यसपछि टोटनहमले पनि दुई गोल फर्कायो । टोटनहमका लागि लुकास माउराले ५६औं र स्टेभेन बर्जविनले ७०औं मिनेटमा गोल गरे ।

अर्को खेलमा प्रिमियर लिग कलब लेस्टर सिटीले स्पानिस क्लब भियारियाललाई ३–२ ले पराजित गरेको छ । लेस्टरका लागि काग्लर सोयन्चु, हार्भे बार्न्स र अयोज परेजले गोल गरे । भियारियालका लागि फेर निनो र एलेक्स मिलानले गोल फर्काए ।

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.