द भ्वाइस अफ नेपाल सिजन ३ का निक्कै राम्रो प्रतिस्पर्धी बिक्की परियारको आवाजमा सजिएको गजल गीत ‘निद छैन आँखाभरि…’को लिप्सिङ भिडियो सार्वजानिक भएको छ ।
यो भिडियो मोरङ पथरीलाई कर्मथलो बनाई संगीतमा होमिएका गायक/संगीतकार देव गुरुङको लगानी र संगीतमा तयार भएको हो । क्लासिकल शैलीको यस गीतको रचना गणेश बाछाना राईले गरेका हुन् ।
सुरसंगम नक्सालमा रेकर्ड गराइएको यस गीतको एरेन्ज सुरथ प्रधान, मिक्सिङ सुमन खड्काले सम्हालेका छन् । बाद्यवादनतर्फ मादल/तवला/ढोलक कुमार महाराजाले भरेका छन्, बासुरी गोपाल बराइली, सारंगी कान्छा भने गितार संजिव बराइलीले बजाएका छन् ।
भावुक मुडको यो गीतको भिडियो जमर्काे इन्टरटेनमेन्टको अफिसियल युट्युुव च्यानलबाट सोमबार सार्वजानिक गरिएको हो ।
भिडियो हेर्नुहोस् :-