
क्रेजी संवाददाता
पथरी । मोरङको पथरी शनिश्चरे परिवार हङकङले पथरी शनिश्चरे नगरमा सञ्चालन गरेको कोरोना आइसोलेसन सेन्टरका लागि २ थान अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको छ ।
सो संस्था मार्फत् नगर प्रमुख दिलिपकुमार राई (किशोर), स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य र स्वास्थ्य प्रशासनका याम खड्कालाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण भएको हो । कोरोना संक्रमितको उपचारमा नगरले सञ्चालन गरेको आइसोलेसन सेन्टरमा हाल ४ जनाले उपचार गरिरहेका छन् ।

