कोरोना सतर्कता बढाउन नगरवासीमा अनुरोध - Crazysaptahik.com

कोरोना सतर्कता बढाउन नगरवासीमा अनुरोध

क्रेजी संवाददाता
पथरी । मोरङको पथरी शनिश्चरे नगर कार्यपालिकाको शुक्रबारको बैठकले कोरोना सतर्कता बढाउन नगरवासीमा अनुरोध गर्ने निर्णय गरेको छ ।

नगर प्रमुख दिलिपकुमार राई (किशोर)को अध्यक्षताको बैठकमा, कोरोना भाइरस जोखिम न्यूनिकरण जिल्ला समितिले जारी राखेको निषेधआज्ञालाई कडाइका साथ पालना गर्न नगरवासीमा अनुरोध गर्ने निर्णय भएको प्रवक्ता यामप्रसाद गुरागाईंले बताउनुभयो ।

बैठकमा, अनिवार्य मास्क लगाउने, भिडभाड नगरी कम्तीमा डेढ मिटरको भौतिक दूरी कायम गर्ने, सेनिटाइजर लगाउने र साबुनपानीले हात धोइरहने कुरामा जोड दिन सवैमा अनुरोध गरेको छ ।

बैठकले, यसअघि नक्सापास नगरी निर्माण भएका घरहरुलाई कानूनमा तोके बमोजिमको शुल्क लिएर नक्सापास प्रक्रियामा ल्याउने, जिल्लाले तय गरेको दररेट चालु आर्थिक वर्षका लागि लागू गर्ने र चालु आर्थिक वर्षको योजना कार्यान्वय चाँडैबाट अघि बढाउन सुरु गर्ने सहितको निर्णय गरेको छ । मनमोहन गान्धीमार्गलाई ६० फिट चौडाई कायम गर्ने कुरामा पुन सम्वन्धित सरकारी निकायमा पत्राचार गर्ने पनि निर्णय भएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.