जबरजस्ती करणी उद्योगको आरोपीत गाउँपालिका अध्यक्ष तीन दिनका लागि प्रहरी रिमान्डमा - Crazysaptahik.com

जबरजस्ती करणी उद्योगको आरोपीत गाउँपालिका अध्यक्ष तीन दिनका लागि प्रहरी रिमान्डमा

काठकाण्डौं– जबरजस्ती करणी उद्योग गरेको आरोपमा पक्राउ परेका सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ला ‘बब्लु’लाई प्रहरीले तीन दिनका लागि रिमान्डमा राखेको छ ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीले घटनाको थप अनुसन्धानका लागि भन्दै आरोपित शुक्ललाई रूपन्देही जिल्ला अदालतको आदेशमा पहिलो पटक तीन दिनको रिमान्डमा राखेको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीको प्रहरी टोलीले उनलाई जबरजस्ती करणी उद्योग गरेको आरोपमा बिहीबार २८ गते दिउँसो ३ बजेको समयमा गाउँपालिकाको कार्यालय जिगिनाबाट पक्राउ गरेको थियो ।

सम्मरीमाई गाउँपालिका वडा नम्बर १ पकडिहवाकी एक महिलाले बुधबार २७ गते अध्यक्ष शुक्लाविरुद्ध उजुरी दिएकी थिइन् ।

वडा नम्बर ६ असुरैनास्थित आफ्नो निवासमा बोलाएर गाउँपालिका अध्यक्षसमेतका व्यक्तिले जबरजस्ती करणी उद्योग गरेको पीडित महिलाको आरोप छ ।

पीडितका अनुसार घटनाका अर्का आरोपी असलम खान फरार रहेको बताइएको छ । आरोपित खान अध्यक्ष शुक्लका स्वकीय सचिव हुन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.