
सङ्खुवासभा । सङ्खुवासभा सदरमुकाम खाँदबारीबाट लागुऔषध अफिमसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खाँदबारी नगरपालिका–७ का ६९ वर्षीय जय चापागाँई रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिएका छन् ।
शुक्रबार दिउँसो विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले चापागाँईलाई उनकै घरबाट अफिमसहित् पक्राउ गरेको सुवेदीले बताए । प्रहरी टोलीले चापागाँई को घरमा लुकाएर राखिएको २०४ ग्राम अफिम फेला पारेको छ ।

