अक्सिजन कन्सन्ट्रेटरका लागि आवश्यक सामग्री हस्तान्तरण - Crazysaptahik.com

अक्सिजन कन्सन्ट्रेटरका लागि आवश्यक सामग्री हस्तान्तरण

क्रेजी संवाददाता
पथरी । राष्ट्रिय आविष्कार केन्द्रले यस अघि मोरङको पथरी शनिश्चरे नगरपालिकामा अवस्थित नगर अस्पतालका लागि प्रदान गरेको अक्सिजन कन्सन्ट्रेटरका लागि थप आवश्यक सामग्री सोमबार हस्तान्तरण भएको छ ।

नगर अस्पतालमा कोरोना भाइरस संक्रमितका साथै अन्य विरामीको उपचारका लागि राष्ट्रिय आविस्कार केन्द्रले ३ थान अक्सिजन कन्सन्ट्रेटर तथा २० थान पीपीई उपलब्ध गराएको थियो ।

केन्द्रका अगुवा डा. महावीर पुनले आविस्कार केन्द्रमा पुग्नु भएका नगर प्रमुख दिलीपकुमार राई सहितको टोलीलाई सामग्री प्रदान गर्नुभएको थियो । तर कन्सन्ट्रेटरका लागि आवश्यक र प्रदान हुन बाँकी रहेको ह्यूमिडी फायर सहितका आवश्यक सामग्री आज नगरपालिका कार्यालयमा नगर उपप्रमुख यमुना विष्ट वास्तोलालाई हस्तान्तरण गरिएको हो ।

पथरीशनिश्चरे १ घर भई आविस्कार केन्द्रमा यसअघि कार्यरत सत्यम राई र इटहरी ४ सुनसरीका मदन भट्टराईले ती सामग्री हस्तान्तरण गर्नुभएको छ । सत्यम राईको पहलमा आविस्कार केन्द्रबाट ती सामग्री उपलब्ध भएको थियो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.