कृषि सम्बन्धीका योजनाहरु माग - Crazysaptahik.com

कृषि सम्बन्धीका योजनाहरु माग

क्रेजी संवाददाता
पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिका कार्यालयले १ नम्बर प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय विराटनगरमा कृषि सम्बन्धीका योजनाहरु माग गरेको छ ।

नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको अगुवाईमा पशुपंक्षी शाखा प्रमुख हेमचन्द्र दहाल सहितको टोलीले आज मन्त्री रामबहादुर मगरसँग भेटी कृषिका योजनाहरु माग गरेको हो ।

नगर उपप्रमुख वास्तोलाले कृषि वजारस्थल व्यवस्थापनका योजना माग गर्दै समस्यामा परेका कृषकहरुका लागि राहतका कार्यक्रम आवश्यक रहेको बारेमा पनि जानकारी गराउनु भयो । भेटका क्रममा मन्त्री मगरले मन्त्रालय त्यसमा सकारात्मक रहेको बताउनुभयो ।

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.