सुजनको 'बाफ...' सर्बाधिक चर्चा - Crazysaptahik.com

सुजनको ‘बाफ…’ सर्बाधिक चर्चा


क्रेजी साप्ताहिक

पथरी- ‘तीनपाते…’, ‘गाला पुक्क…’, ‘लजाएर…’ जस्ता गीतबाट स्रोता एवंम् दर्शकमाझ रुचाईएका गायक सुजन चापागाईँले नयाँ गीत सार्वजनिक गरेका छन् । उनले आईतबार आर्टमाण्डौं युट्युब च्यानल मार्फत ‘बाफ’बोलको गीत सार्वजनिक गरेका हुन् । सुजनलाई यस गीतमा बिध्या तिवारीले साथ दिएकी छिन् ।

सुजन चापागाईँकै कम्पोज रहेको गीतलाई हर्क साउदले शब्द भरेका छन् । भिडियोमा प्रताप दास, शिल्पा थापा, नयन नेपाल, निमलमु लामा, रिन्चिन तामाङ, सम्रान्त थापा, हर्क साउद, आकाश राई अर्गेन लामा लगायतले अभिनय गरेका छन् । सम्रान्त थापाको आर्ट निर्देशनमा तयार भिडियोेमा नबिन चैहान कथा, स्कृन प्ले, तथा निर्देशकको रुपमा रहेका छन् । अनिस साङदेनको छायाँकन रहेको भिडियोलाई सुरज पौडेलले सम्पादन गरेका हुन् ।

सार्वजनिक गीतको भिडियोमा डार्जेलीङ र नेपालको कथालाई जोडिएको छ । फरक स्वादका गीत ल्याउँदै आएका सुजनको यो गीत पनि विगतका भन्दा पृथक छ । यस गीतलाई स्रोता एवंम दर्शकले राम्रो प्रतिक्रिया दिएका छन् । सार्वजनिक भएको तिन दिन नपुग्दै भिडियोले युट्युबमा २ लाख ५३ हजार बढि भ्युज पाएको छ । समाचार तयार पार्दाको समयमा सो गीत युट्युवको ट्रेन्डिङ नम्बर ९ मा रहेको छ । प्रतुत गीतमा बाल्यवस्ता देखीको प्रेम सम्बन्ध तथा त्यस भित्रको समस्याहरुलाई कलात्मक तरीकाले प्रस्तुत गरीएको छ । ‘दर्शक एवंम स्रोता सामु नयाँ कोशेली छाडेको छु । बाफलाई तीनपाते जस्तै मायाँ र साथ दिनुहुन्छ भन्ने आसा राखेको छु,’ गायक सुजनले भने ।
भिडियो:

सम्बन्धित खवर