
राष्ट्रिय पुरुष फुटबल टिमको बन्द प्रशिक्षणबाट भरत खवाससहित १० खेलाडी बाहिरिएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) को बन्द प्रशिक्षणमा रहेका ३८ खेलाडीबाट मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले दोस्रो चरणमा २८ खेलाडी छनोट गरेका छन् ।
प्रशिक्षणबाट बाहिर पर्नेमा विशाल सुनार, रन्दीप पौडेल, भरत खवास, जर्ज प्रिन्स कार्की, राजीव लोप्चन, सन्जोग राई, त्रिदेव गुरुङ, रजिन धिमाल, सेसेहाङ आङ्देम्बे र बिक्रम लामा रहेका छन् ।
नेपाली टिम हाल पोखरामा प्रशिक्षण गरिरहेको छ । नेपालले भारतसँग त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भदौ १७ र २० (सेप्टेम्बर २ र ५) गते मैत्रीपूर्ण खेल खेल्दैछ । साफ च्याम्पियनसिप आगामी अक्टोबर १ देखि १३ सम्म माल्दिभ्समा हुनेछ ।


