
भारतले दोस्रो टेस्ट क्रिकेटमा घरेलु टिम इंग्ल्यान्डलाई १५१ रनले पराजित गरेको छ । लर्ड्समा प्राप्त जितपछि भारतले पाँच खेलको सिरिजमा १–० को अग्रता बनाएको छ ।
वर्षाले प्रभावित पहिलो टेस्ट बराबरीमा सकिएको थियो । भारतले दिएको २७२ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्ड अन्तिम दिन खराब ब्याटिङ गर्दै १२० रनमै अलआउट भएको थियो।
सोमबार भारतले ८ विकेट गुमाएर २९८ रनमा दोस्रो इनिङ्स समाप्तिको घोषणा गर्दै इंग्ल्यान्डलाई २७२ रनको लक्ष्य दिएको थियो ।
इंग्ल्यान्डका कप्तान जोए रुटले ३३, जोस बट्लरले २५ र मोइन अली १३ रन बनाए भने बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
भारतका मोहम्मद सिराजले ४ विकेट लिए । यस्तै जस्प्रित बुमराहले ३ तथा इशान्त शर्माले २ विकेट लिए ।
त्यस अघि दोस्रो इनिङ्समा भारतका अजिन्का रहानेले ६१ रन बनाउँदा मोहम्मद शामीले ५६ रनको महत्वपूर्ण इनिङ्स खेले ।
बओली रोबिनसनले २\२ विकेट लिए । लर्ड्समा टस हारेर पहिले ब्याटिङ गरेको भारतले पहिलो इनिङ्समा ३६४ रन बनाउँदा इंग्ल्याण्डले ३९१ रन जोडेको थियो ।


