एफसी चितवन र झापा एफसीबीच सहकार्य - Crazysaptahik.com

एफसी चितवन र झापा एफसीबीच सहकार्य

नेपाल सुपर लिग (एनएसएल) फ्रेन्चाइज टिम एफसी चितवन र झापा एफसीबीच फुटबल विकासमा सहकार्य गरेर अघि बढ्ने सम्झौता भएको छ ।

सी डिभिजन लिग छनोट खेल्न लागेको झापा एफसी नेपालको पहिलो प्राइभेट फुटबल क्लब हो । दुई क्लबबीच रणनीतिक साझेदार बन्ने सहमति भएको हो ।

एफसी चितवनले मंगलबार नेपाली फुटबल विकासको लागि झापा एफसीसँग सम्झौतामा हस्ताक्षर गरेको जनाएको छ । यही भदौ १० देखि हुने सी डिभिजन छनोटमा झापाले पनि खेल्दैछ ।

सचिन्द्र धिमाल टिमको प्रशिक्षक रहेका छन् । सम्झौता अनुसार झापाले आईएमई ग्रुपको लोगो जर्सीमा राख्नेछ । यस्तै खेलाडी आदानप्रदान पनि गरिनेछ । झापा एफसीका खेलाडीले ट्रायलमार्फत चितवनबाट एनएसएल खेल्न पाउनेछन् ।

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.