क्रेजी साप्ताहिक
मोरङ – अज्ञात समुहले मोरङ स्थित रंगेलीमा चार वडा गाईको हत्या गरेका छन् । श्री प्रसाद मुखियाको ग्वालीमा रहेको गाईलाई अज्ञात समुहले पटक पटक गरी चार वटा गाईको हत्या गरेका हुन् ।
रंगेली नगरपालिका बडा नम्बर ७ मा रहेको मुखियाको ग्वालीमा जम्मा ९ वटा गाई हरु रहेका थिए । एक महिनाको अन्तरमा ४ वटा गाईको हत्या भएको हो ।
मुखियाको अनुसार गत साउन ९ गते दुइ वटा र साउन ३० गते दुई वटा गरी चार वटा गाईको हत्या गरिदिएको र पुनः सोमबार ब्याउन लागेको गाईलाई घाइते अवस्थामा छाडिदिएको उनले बताए ।
गत साउन ९ गते राति ग्वालीमा बाधेका ९ वटा गाई मध्ये दुईवटा गाईलाई अज्ञात सुमुहले ग्वालीको ताला फुटाएर हत्या गरिदिएका थिए । अज्ञान समुहले गाईलाई बाँधेर गाईको मुख, खुट्टा बाँधी, गाईको मुत्रद्वार र मलद्वारमा किलो छिराएर घाइते अवश्थामा छाडेका थिए । घाइते गाई २४ घन्टा बित्न नपाउँदै मरेको थियो ।
पुनः साउन ३० गते थप दुईवटा गाईलाई पनि त्यसैगरी घाइते बनाएर छाडेको अवस्थामा फेला परेको थियो । पुन सोमबार सोमबार पनि केही महिना पछि ब्याउन लागेको गाईलाई अज्ञात समुहले सोहि सैलीमा मारेका थिए । अहिले घाइते गाई उग्राउन छाडेको, दिशा र पिसाव समेत गर्न छाडेको र केही पनि नखाने गरेको मुखिया बताए ।
पशु चिकित्सकका अनुसार गाई नबाँच्ने अवस्थामा रहेको भनाई छ ।
गाईलाई यसरी मार्नका लागि एक दुई जनाको हिम्मत हुदैन्, यसमा ठुलै गिरोहको हात छ ।’ गाईलाई यातना दिएर मार्ने जो कोही भए पनि पक्राउ गरि कडा भन्दा कडा कारवाही गर्न मुखियाले माग गरेका छन् । दोषिको खोजि तिव रुपमा भईरहेको मोरङ प्रहरी प्रवक्ता दिपक श्रेष्ठले जानकारी दिए ।