
क्रेजी संवाददाता
इटहरी । कोरोना संक्रमितलाई मनोवल प्रदान गर्न इटहरीउपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरी स्वास्थ्यकर्मीको टोली सहित संक्रमितको घरैमा पुगेका छन् ।
स्वास्थ्यकर्मीको टोली सहित नगरप्रमुख चौधरी संक्रमित भएर घरैमा स्वास्थ्यलाभ गरिरहेका जनप्रतिनिधि र सर्वसाधारण नागरिकका घरैमा पुगेका हुन् ।
इटहरी अस्पतालका इमरजेन्सी इन्र्चाज रामकुमार धमलाको नेतृत्वमा गएको स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य अवस्थाको जानकारी लिएर आवश्यक औषधी,सल्लाह सुझाव दिएको छ । कोरोना संक्रमित इटहरी उपमहानगरपालिका इटहरी १४ का सदस्य दुखीलाल चौधरी,इटहरी ५ का सदस्यद्वय ईश्वर बिक्रम शाह, सन्तोष पराजुलीका घरैमा पुगेर परामर्श दिइएको हो ।
यस्तैगरी इटहरी ९ कपिल घिमिरे, इटहरी ५ ज्योति माविका पुर्ब प्र.अ.भैरब सापकोटा र इटहरी ६ का गणेश गुरुङको घरमा पुगि प्रमुख चौधरीले उच्च मनोबलका साथ कोरोनालाई परास्त गर्न हौसला प्रदान गरे । भेटघाट कार्यक्रममा नेकपा एमाले नगर इन्चार्ज बनुलाल चौधरी, अध्यक्ष याम कुमार सुब्बा पनि सहभागि थिए । यसअघिपनि इटहरीका नगरप्रमुख चौधरी संक्रमितलाई भेटन घरैमा पुगेका थिए । इटहरी वडा नम्वर १३, १६ र १७ का छ वटा घरमा पुगेर मनोवल उच्च राख्न सल्लाह दिएका छन् ।

