
क्रेजी संवाददाता
इनरुवा । भुमिसुधार तथा मालपोत कार्यालय इरुवा सुनसरीको सेवा कार्यालय प्रमुखमा कोरोना देखिएपछि एक साताका लागि बन्द गरिएको छ ।
मातपोत कार्यालयले सुचना जारी गर्दै कार्यालयको आन्तरीक प्रशासनिक र भुमि सुधार फाँट बाहेकका अन्य सम्पूर्ण सेवा बन्द रहने बताइएको छ । कार्यालयले जारी गरेको सुचनामा सेवाग्राहीको स्वास्थ्य सुरक्षा र सम्वेदनशीलतालाई मध्यनजर गर्दै भदौ ७ गतेबाट १४ गते सम्म कार्यालयको कामकाज बन्द रहने उल्लेख छ ।
मालपोत कर्यालय इनरुवाका कर्मचारीका अनुसार कार्यालय प्रमुखमा कोरोना पोजेटिभ पाइनुका साथै अन्य कर्मचारीमा समेत कोरोनासँग मिल्दोजुल्दो लक्षण देखा परेको छ । त्यसका साथै लेखापढी व्यवसायीहरुमा समेत कोरोनासँग मिल्दो लक्षण देखिएको छ ।

