
क्रेजी संवाददाता
मोरङ । मोरङको मिक्लाजुङमा पोखरीमा डुबेर एक युवाको मृत्यु भएको छ ।
गाउँपालिका–७ का १८ वर्षीय नारायण बोहोराको शव पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा भेटिएको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार पोखरीका माछालाई चारो दिन भनेर बोहोरा सोमबार दिउँसो घरबाट निस्किएको खुलेको छ ।
पोखरीमा डुबेर उनी बेपत्ता भएको जानकारी स्थानीयले प्रहरीलाई दिएका हुन् । खोजी गर्ने क्रममा पोखरीभित्र डुबेको अवस्थामा शव भेटिएपछि घटनाको अनुसन्धान सुरु गरिएको डीएसपी श्रेष्ठले बताए ।

