
क्रेजी संवाददाता
पथरी । कारितास नेपालमार्फत मोरङको पथरी शनिश्चरे नगरपालिकाले संक्रमण भएको १० दिन भित्रका सक्रिय कोरोना संक्रमितलाई भेट्दै स्वास्थ्य सामग्री प्रदान गर्ने कार्यक्रम आज वडा नम्बर ४, ८, ९ र १० मा सम्पन्न गरेको छ ।
नगर उपप्रमुख यमुना विष्ट वास्तोला, ४ नम्बर वडाध्यक्ष गोविन्दबहादुर भण्डारी, कार्यपालिका सदस्य निर्मला गदाल, १० नम्बर वडा सदस्य अनोज घिमिरे, स्वास्थ्य शाखाका जगतप्रसाद मगर, कारितास नेपाल दमकका गोविन्दराज कट्टेल, सीमा खड्का सहितले सामग्री वितरण गर्नुभएको हो । यस अघि अन्य वडामा सामग्री वितरण भइसकेको छ ।
कारितास इन्टरनेशनलको सहयोगमा कारितास नेपाल दमकमार्फत संक्रमितहरुलाई घर घरमा गएर भेटी आत्मबल बढाउन र स्वास्थ्य मापदण्ड पुरा गरी संक्रमणमुक्त वन्न सीघ्र स्वास्थ्यलाभको कामना गर्दै स्वास्थ्य सामग्री वितरण कार्य गरिएको हो । जसमा, २ वटा सेनिटाइजर, २ प्याकेज सर्जिकल मास्क, १ प्याकेट ग्लोब्स, एउटा ह्याण्ड वास, एउटा पल्स अक्सिमिटर, एउटा डिजिटल थर्ममिटर र सिटामोल सहितको प्याकेज रहेको किड वितरण भएको छ । सामग्री सहित घर घरमा जनप्रतिनिधि आएर आत्मबल बढाउँदा संक्रमितहरु खुसी बनेका छन् ।

