अस्पताल व्यवस्थापन कार्य क्रमिक रुपमा अघि बढाउँदै जाने निर्णय - Crazysaptahik.com

अस्पताल व्यवस्थापन कार्य क्रमिक रुपमा अघि बढाउँदै जाने निर्णय

क्रेजी संवाददाता
पथरी । मोरङको पथरी शनिश्चरे नगर अस्पताल व्यवस्थापन कार्य क्रमिक रुपमा अघि बढाउँदै जाने निर्णय भएको छ ।

नगर अस्पताल व्यवस्थापन समितिको आजको बैठकले स्वास्थ्यकर्मी व्यवस्थापन, विमाको औषधि सहितको कार्यालयीय व्यवस्थापन गर्दै जाने निर्णय गरेको छ । १५ शैयाको अस्पतालका लागि संघीय सरकारसँग आवश्यक डाक्टर सहितका स्वास्थ्यकर्मी माग गरेको अवस्थामा सोको व्यवस्थापन नहुन्जेलसम्मका लागि तत्काल अति आवश्यक स्वास्थ्यकर्मी व्यवस्थापन गर्ने निर्णय भएको समिति अध्यक्ष एवम् नगर प्रमुख दिलीपकुमार राई (किशोर)ले जनाउनुभयो ।

अस्पतालको सेवालाई थप चुस्त दुरुस्त बनाउँदै विहान ९ बजेबाट विरामीको नाम दर्ता प्रक्रिया अघि बढाइने समेत निर्णय गरिएको छ । समिति उपाध्यक्ष एवम् उपप्रमुख यमुना विष्ट वास्तोला, नगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल सहितको उपस्थिती रहेको थियो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.