झापा– झापाको बिर्तामोडमा आफ्नौ दाजुको हत्या गरेका छन् । बिर्तामोडको भद्रपुर रोडमा डेरा गरेर बस्ने ५० वर्षीय अटोरिक्सा चालक भाद्रु राजवंर्शीलाई आफ्नै भाई रतनलालले हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
हत्याको आरोप लागेका रतनलाल अहिले फरार रहेको र हत्याराको खोजी भईरहेको जल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए ।
राजवंशीको शव कोठाभित्र फेला परेको प्रहरी बताउछन् । मृतकको टाउको लगायत शरीरका विभिन्न स्थानमा चोटपटक देखिएको र मृतकका छोराले ‘काकाले हानेको’ स्थानीयबासीलाई बताएका थिए । बिर्तामोड ४ स्थित डेरा गरी बस्ने ३८ वर्षीय भाइ रतनलालले कुटेर मारेको र घटना पश्चात् उनले आफ्नो छोरा ८ वर्षीय श्रीमन राजवंशीलाई साइकलमा लिएर भागेको डिएसपी थापाले जानकारी दिए ।

