
विश्व नम्बर वान नोभाक जोकोभिचलाई पराजित गर्दै रुसका डानिल मेडभेडेभले यूएस ओपनको उपाधि जितेका छन् । आइतबार भएको फाइनलमा मेडभेडेभले जोकोभिचलाई सोझो सेटमा हराए । मेडभेडेभले जोकोभिचको क्यालेन्डर स्लाम जित्ने सपना टुंग्याइदिए ।
दोस्रो वरीयताका २५ वर्षीय मेडभेडेभले यसअघि दुई टक ग्रान्डस्लाम फाइनल खेले पनि पराजित भएका थिए । यसपटक भने मेडभेडेभले २० पटकका विजेता जोकोभिचलाई ६–४, ६–४, ६–४ ले पराजित गरे ।
जोकोभिचले यसवर्ष अस्ट्रेलियन ओपन, फ्रेन्च ओपन र विम्बल्डन जितेका थिए । जाकोभिच यूएस ओपन जित्दै कीर्तिमानी २१औं ग्रान्डस्लाम जित्ने लक्ष्यमा रहेपनि मेडभेडेभसँग हारपछि पूरा हुन सकेन ।


