म्यानचेष्टर युनाइटेडमाथि योङ ब्वाइजको पुनरागमन जित - Crazysaptahik.com

म्यानचेष्टर युनाइटेडमाथि योङ ब्वाइजको पुनरागमन जित

यूईएफए च्याम्पियन्स लिग २०२१–२२ को सिजनको पहिलो खेलमै इंग्लिस क्लब म्यानचेष्टर युनाइटेड पराजित भएको छ । समूह एफ अन्तर्गत मंगलबार राति भएको खेलमा युनाइटेडलले एक गोलको अग्रता लिएर पनि जोगाउन सकेन ।

आरोन बिसाकाले रातो कार्ड पाएपछि दश खेलाडीमा समेटिएको युनाइटेडमाथि स्वीस क्लब योङ ब्वाइजले २–१ को पुनरागमन जित हात पारेको हो । १२ वर्षपछि प्रिमियर लिग फर्केका क्रिस्टियानो रोनाल्डोले १३औं मिनेटमै गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए ।

तर ३५औं मिनेटमा आरोन वान बिसाकाले रातो कार्ड पाएपछि युनाइटेड १० खेलाडीमा समेटियो । त्यसको फाइदामा योङ ब्वाइजले दोस्रो हाफमा दुई गोल ग¥यो । ६६औं मिनेटमा निकोलस एनगामालेगले योङ ब्वाइजको लागि बराबरी गोल फर्काए ।

त्यसपछि जोर्डन सिबात्सेउले इन्जुरी टाइममा गोल गर्दै योङ ब्वाइजलाई जित दिलाए । समूह एफकै अर्को खेलमा इटालियन क्लब एटलान्टा र स्पानिस क्लब भियारियलले २–२ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.