अनेमा संघ कानेपोखरी ५ नम्बर वडा कमिटीमा सृजना चौधरी - Crazysaptahik.com

अनेमा संघ कानेपोखरी ५ नम्बर वडा कमिटीमा सृजना चौधरी

क्रेजी संवाददाता
कानेपोखरी ।नेपाल कम्युनिष्ट पार्टी(एमाले) निकट अखिल नेपाल महिला संघ कानेपोखरी गाउँ कमिटीले वडा नं. ५ को वडा कमिटी गठन गरेको छ ।

शुक्रबार सृजना चौधरीको अध्यक्षतामा ३१ सदस्य वडा कमिटी गठन गरेको हो । नव गठित उपाध्यक्षमा लिला ढकाल, सचिवमा सपना पुरी, सहचिवमा तुलसा कार्की र कोषाध्यक्षमा खडक कुमारी थापा रहेका छन् । त्यसैगरी सदस्यहरुमा लक्ष्मि खनाल, टिका प्रधान, अनिता धिमाल, कल्पना लिम्बु, प्रतिमा चौधरी लगाएत छन् । कार्यक्रमको प्रमुख अतिथि एमाले जिल्ला कमिटि सचिवलाय सदस्य तथा गाउँपालिका उपाध्यक्ष राजमती इङ्नाम रहेका थिए ।

त्यसैगरी अन्य अतिथिहरुमा जिल्ला कमिटि सदस्य भोला अधिकारी, एमाले गाउँ कमिटि सचिव चरण गुरुङ, वडा नंं ५ पार्टी अध्यक्ष युवराज लुईटेल, राष्ट्रिय युवा संघ नेपाल कानेपोखरीका संयोजक अशोक फुयल लगाएत अतिथि रहेका थिए । कार्यक्रमको सभाध्यक्ष कमिटिका अध्यक्ष मुना श्रेष्ठले गरेकी थिइन् भने संचालन सचिव खिना दाहालले गरेका थिइन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.