क्रेजी संवाददाता
पथरी । मोरङको पथरी शनिश्चरे नगर क्षेत्र भित्रका शारीरिक अपाङ्ता भएका व्यक्तिहरुका लागि छुट भएका सहायक सामग्री वितरणका क्रममा आज एउटा ट्राइसाइकल वितरण गरिएको छ ।
पथरी । मोरङको पथरी शनिश्चरे नगर क्षेत्र भित्रका शारीरिक अपाङ्ता भएका व्यक्तिहरुका लागि छुट भएका सहायक सामग्री वितरणका क्रममा आज एउटा ट्राइसाइकल वितरण गरिएको छ ।
प्रदेशको सामाजिक विकास मन्त्रालय, करुणा फाउण्डेशन् र नगरपालिकाको सहकार्यमा अपाङ्ता रोकथाम तथा पुनस्र्थापना कार्यक्रम अन्तर्गत सहायक सामग्री वितरण गर्ने क्रममा वडा नम्बर १ का जसबहादुर पाख्रिनलाई ट्राइसाइकल वितरण गरिएको हो । नगर उपप्रमुख यमुना विष्ट वास्तोला, महिला तथा बालबालिका शाखा प्रमुख गीता कट्टेल सहितले ट्राइसाइकल वितरणगर्नुभयो ।