इएफए कप म्यानचेष्टर युनाइटेड तेस्रो चरणबाटै बाहिरियो - Crazysaptahik.com

इएफए कप म्यानचेष्टर युनाइटेड तेस्रो चरणबाटै बाहिरियो

प्रिमियर लिग क्लब म्यानचेष्टर युनाइटेड इंग्लिस फुटबल लिग (इएफएल) कपको तेस्रो चरणबाटै बाहिरिएको छ । बुधबार राति भएको खेलमा युनाइटेड वेष्टह्यामसँग १–० ले पराजित भएको हो । जितपछि वेष्टह्याम भने अन्तिम १६ मा प्रवेश गरेको छ । वेष्टह्यामको लागि मानुएल लान्जिनीले नवौं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

लण्डन क्लबहरु चेल्सी, आर्सनल र टोटनहम हट्सपर भने जित हात पार्दै अन्तिम १६ मा प्रवेश गरेका छन् । आर्सनललले एएफसी विम्बलडनलाई ३–० ले हरायो । आर्सनलका लागि अलेक्जान्डर लाकाजेट, एमिल स्मिथ रोव र एडवार्ड एनकेतिहले गोल गरे ।

चेल्सीले एस्टन भिल्लालाई पेनाल्टीसुटआउटमा ४–३ ले हरायो । १–१ को बराबरीमा खेल सकिएपछि पेनाल्टीसुटआउट भएको थियो । जसमा चेल्सीका रोमेलु लुकाकु, मासोन माउन्ट, रोस बार्कले र रिस जमेसले गोल गरे । बेन चिलवाल गोल गर्न असफल रहे ।

एस्टन भल्लाका एस्ले योङ र मार्भेलस नाकाम्पाले गोल गर्न सकेनन् भने अनवर एल घाजी, एमिलियानो बेउडिया र एजरी कोन्साले गोल गरे ।यस्तै टोटनहमले पनि पेनाल्टीसुटआउटमा ३–२ ले हरायो ।

खेल २–२ को बराबरीमा सकिएपछि पेनाल्टीसुटआउट भएको थियो । जसमा टोटनहमका ह्यारी केन, सर्जियो रेगुलिन र ब्राउन गिलले गोल गरे । वल्भसका हि चान ह्वाङ र जाओ माउटिन्होले मात्र गोल गरे । रुबेन नेभेस, लियोनडर डेनडनकर र कोनोर कोएडीले गोल गर्न सकेनन् ।

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.