राष्ट्रिय महिला फुटबल टिम स्वदेश फर्कियो - Crazysaptahik.com

राष्ट्रिय महिला फुटबल टिम स्वदेश फर्कियो

उज्वेकिस्तानमा एएफसी महिला एसियन कप–२०२२ छनोट खेलेर नेपाली राष्ट्रिय महिला फुटबल टोली बिहीबार स्वदेश फर्किएको छ । नेपाली टोली बिहान स्वदेश फर्किएको हो । टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारीले स्वागत गरे ।

छनोटको समूह एफमा रहेको नेपाल एक बराबरी र एक हारको नतिजापछि समूह चरणबाटै बाहिरिएको थियो । पहिलो खेलमा फिलिपिन्ससँग पराजित भएको नेपालले दोस्रो खेलमा हङकङसँग गोलरहित बराबरी खेलेको थियो ।

नेपालले २ खेलबाट १ अंक जोड्यो । फिलिपिन्स र हङकङबीचको खेल शुक्रबार हुँदैछ । यो समूहको शीर्ष टोली अर्को वर्ष भारतमा हुने एसियन कपमा छनोट हुनेछ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.