
क्रेजी संवाददाता
पथरी । पथरीशनिश्चरे २ मा स्थापित लर्ड बुद्ध साकोसले उत्कृट बाल बचतकर्ताहरूलाई एक कार्यक्रमको आयोजना गरी पुरस्कार वितरण गरेको छ ।
‘उत्कृष्ट बाल बचतकर्तालाई अब महिनै पिच्छ पुरस्कार’ कार्यक्रम अन्तर्गत २०७६ फागुन महिनादेखि २०७८ भाद्र महिनासम्म १९ महिनाका उत्कृष्ट बाल बचतकर्ताहरुलाई पुरस्कार वितरण गरिएको हो । कोभिड १९ कोरोना भाईरसको कारण २०७६ चैत्र ११ गतेबाट घोषणा भएको लक डाउनले गर्दा रोकिएको पुरस्कार वितरणलाई एकै पटक वितरण गरिएको हो ।

पुरस्कृत बाल सदस्यहरु जस्मिन तामाङ, उत्सव थापा, संयोग कार्की, जस्मिन तामाङ, भूमिका राई, आम्लाबुङ राई, रितेश थापा, सुगम शिवा दर्जी, आयन तामाङ, आम्लाबुङ राई, प्रशंसा राई, दिपशिखा खरेल, आम्लाबुङ राई, अविधि निङ्लेखु, रोमन राई, अनुष्का राई, भूमिका राई, रिशव गिरी
र सौरभ भण्डारी रहेका छन् ।

