ब्रुनोले पेनाल्टी गुमाउँदा म्यानचेष्टर युनाइटेड एस्टन भिल्लासंग पराजित - Crazysaptahik.com

ब्रुनोले पेनाल्टी गुमाउँदा म्यानचेष्टर युनाइटेड एस्टन भिल्लासंग पराजित

प्रिमियर लिगमा शनिबार म्यानचेष्टर युनाइटेड एस्टन भिल्लासंग १–० ले पराजित भएको छ । ब्रुनो फर्नान्डेजले इन्जुरी टाइममा प्राप्त पेनाल्टी गुमाउँदा युनाइटेडले हार बेहोर्न बाध्य भयो । जारी सिजन युनाइटेडको यो पहिलो हो । युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलको ८८ औं मिनेटमा कोर्टने हाउसले गोल गर्दै एस्टन भिल्लालाई अग्रता दिलाएका थिए ।

इन्जुरी टाइममा एस्टन भिल्लाका गोलकर्ता हाउसले पेनाल्टी एरियामा बल ह्याण्ड गरेपछि भीएआरको सहायतामा युनाइटेडले पेनाल्टी पाएको थियो । तर ब्रुनोले पेनाल्टीमा गोल गर्न सकेनन् । उनको प्रहार पोष्ट भन्दा बाहिर गयो । हारपछि युनाइटेड ६ खेलबाट १३ अंकसहित चौथो स्थानमा छ ।

एस्टन भिल्ला ६ खेलबाट १० अंक जोड्दै सातौं स्थानमा उक्लेको छ । प्रिमियर लिगमा शीर्ष चारवटै टिमको समान १३ अंक छ । शीर्ष स्थानको लिभरपुलले एक खेल कम खेलेको छ । म्यानचेष्टर सिटी र चेल्सी क्रमशः दोस्रो र तेस्रो स्थानमा छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.