ब्रेन्टफोर्डसँग बराबरीमा रोकियो लिभरपुल - Crazysaptahik.com

ब्रेन्टफोर्डसँग बराबरीमा रोकियो लिभरपुल

प्रिमियर लिगमा शनिबार राति भएको खेलमा लिभरपुलले ब्रेन्टफोर्डसँग ३–३ गोलको बराबरी खेल्दै अंक बाँडेको छ । ब्रेन्टफोर्डको मैदानमा भएको खेलमा सुरुआती अग्रता घरेलु टोलीले लिएको थियो । त्यसपछि लिभरपुलले दुई पटक अग्रता बनाए पनि कायम राख्न सकेन ।

लिभरपुलका लागि डिएगो जोटाले ३१औं, मोहम्मद सालाहले ५४औं र कर्टिस जोन्सले ६७औं मिनेटमा गोल गरे । ब्रेन्फोटर्डका लागि एथान पिन्नोकले २७औं, भिटानी जानेटले ६३औं र याने विसाले ८२औं मिनेटमा गोल गरे ।बराबरीपछि पनि ६ खेलबाट १४ अंकसहित लिभरपुल शीर्ष स्थानमै छ ।

अर्को खेलमा नर्विचलाई २–० ले पराजित गरेको एभरटन पाँचौ स्थानमा उक्लेको छ । एभरटनको ६ खेलबाट १३ अंक छ । समान १३ अंक रहेका म्यानचेष्ट सिटी, चेल्सी र म्यानचेष्टर युनाइटेड क्रमश दोस्रोदेखि चौथो स्थानसम्म छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.