नेपाली कांग्रेस शिवसताक्षी नगर सभापतिमा अशोक बस्नेत विजयी - Crazysaptahik.com

नेपाली कांग्रेस शिवसताक्षी नगर सभापतिमा अशोक बस्नेत विजयी

क्रेजी संवाददाता
शिवसताक्षी । नेपाली कांग्रेसको शिवसताक्षी नगर सभापतिमा अशोक बस्नेत विजयी भएका छन् । उनका निकटम प्रतिद्वन्द्वी तुलाराम बोखिमलार्ई ६८ मतले पछि पार्दै उनी विजयी बनेका हुन् । बस्नेतले कूल २ सय १५ प्राप्त गरेका थिए भने बोखिमले १ सय ४७ मतमा प्राप्त गरेका थिए ।

यस्तै उपसभापतिमा सन्तकुमार फेवदिन र भुपाल प्रसाद राजवंशी विजयी भएका छन् । फेवदिनले २ सय ८२ र राजवंशीले २ सय २२ मत प्राप्त गरेका थिए । उनीहरुका निकटतम प्रतिद्वन्द्वी नेत्र विमलीले १ सय ४६ प्राप्त गरेका थिए । यसैगरी नगर सचिवमा होमप्रसाद दुलालले २ सय ४१ मत र रमेश कुमार राईले २ सय १९ मत प्राप्त गर्दै विजयी हासिल गरेका छन् । उनीहरुका प्रतिद्वन्दी विनोद खरेलको प्राप्त मत १ सय ६९ रहेको छ ।

नगर सह–सचिव पदका उम्मेद्वार सूर्यप्रकाश योङ्गयाले २ सय ६९ मत र राज नारायण ताजपुरिया २ सय २४ मतका साथ विजयी भएका छन् । उनका प्रतिद्वन्दी देवीप्रसाद तुम्बापो (दर्शन) ले १ सय ४७ मत प्राप्त गरका छन् । शिवसताक्षी नगरमा सतप्रतिशत मत खसेको थियो भने ३६८ जना मतदाता रहेका थिए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.